चितवन देशकै राजधानी बन्ने संभावना बलियो छ : प्रचण्ड

शुक्रबार, २१ पुस २०७४, १३ : ३३
चितवन देशकै राजधानी बन्ने संभावना बलियो छ : प्रचण्ड

भरतपुर / चितवन देशकै आर्थिक विकासको राजधानी बन्नेमा दुई मत नरहेको पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बताउनु भएको छ । चितवन जिल्लालाई देशकै राजधानी बनाउने बिषयमा लामो समय देखि बहस भईरहेको बताउदै उहाँले अहिले चितवनलाई देशको राजधानी वा प्रदेशको राजधानी बन्छ भनेर भन्न नसकिने अवस्था भए पनि देशको आर्थिक राजधानी सुनिश्चित भई सकेको उल्लेख गर्नुभयो ।

चितवन उद्योग सघंको १८ औ साधारण सभा तथा नवौ अधिवेशको उद्घाटन गर्दै उहाँले चितवनलाई आर्थिक राजधानी बनाउन अब कसैले रोकेर नरोकिने दाबी गर्नुभयो । चितवनको जनप्रतिनिधीको हैसियतले नयाँ नेपाल ,नयाँ चितवन निमार्णमा कुनै कसुर बाकी नराख्ने जिकिर गर्नुभयो ।

चितवन एक्सपो सेन्टरको उदाहरण पेश गर्दै उहाँले भन्नुभयो– मार्नीङ सोज द डे भने झै , यसको काम युद्ध स्तरमा काम भयो , यो प्रकृयाले शक्तिखोरको औद्योगिक क्षेत्रको काम त्यही स्तरमा अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो । चितवनले देशको मध्य भागमा छ, जिल्लाले खेलेको आर्थिक बिकासले राजधानी बन्ने संभावना अझै पनि बाकी रहेको जानकारी दिनुभयो ।

अहिले नै पक्का राजधानी बन्छ भन्न सकिदै न तर संभावना बलियो रहेको उहाँको तर्क छ ।  देशमा विकास चाहिएको छ अब कुनै पनि बहाना बनाएर बस्ने अवस्था नरहेको औल्याउनुभयो ।

प्रतिक्रिया दिनुहोस