६ महिने कार्यकालको समिक्षा गर्न बालुवाटरमा बैठक

शुक्रबार, २१ पुस २०७४, १२ : ५८
६ महिने कार्यकालको समिक्षा गर्न बालुवाटरमा बैठक

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो ६ महिने कार्यकालमा भए गरेका कामकारवाहीको समिक्षा गर्दैछन् । त्यसका लागि प्रधानमन्त्री देउवाले शुक्रबार सरकारका मन्त्री, सचिव र राष्ट्रिय योजना आयोगका उपाध्यक्षलगायतका उच्च पदस्थ सरकारी अधिकारीहरुलाई  बालुवाटारमा बोलाएका छन् ।

राष्ट्रिय योजना आयोगको आयोजनामा हुने यो कार्यक्रममा सरकारवाट भएको काम कारवाहीको अनुगमन तथा मुल्याङकनका विषयमा विशेष समिक्षा गरिने योजना आयोगले जनाएको छ ।

समिक्षा कार्यक्रम प्रत्येक ६–६ महिनामा हुने गर्दछ । प्रधानमन्त्रीमा देउवा गत जेठ २३ गते निर्वाचित भएयता यो समिक्षा कार्यक्रममा पहिलो पटक सहभागि बनेका हुन् । राष्ट्रिय विकास समस्या समाधान समितिको बैठक यतिबेला बालुवाटारमा जारी रहेको छ ।

प्रतिक्रिया दिनुहोस