काठ ब्यवसायी वसन्त पौडेलको गोली हानेर हत्या

शुक्रबार, २१ पुस २०७४, १२ : ३२
काठ ब्यवसायी वसन्त पौडेलको गोली हानेर हत्या

रुपेन्देही । रुपेन्देहीको देवदह नगरपालिकामा काठ व्यवसायी वसन्त पौडेलको गोली हानेर हत्या गरिएको छ । शुक्रबार मध्यान्ह अपरिचित समूहले गोली हानेर उनको हत्या गरेको प्रहरीले जनाएको छ ।

देवदह नगरपालिकाको खैरेनीस्थित ढेकार भन्ने ठाउँमा आफ्नो काठ मिलमा बसिरहेको बेला पौडेलमाथि अज्ञात समुहले गोली प्रहार गरेका थिए । गोली लागेर गम्भिर घाईते भएका पौडेललाई उपचारका लागी लुम्बिनी अञ्चल अस्पताल लैजाँदै गर्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एक प्रहरी अधिकृतले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस