चितवन भेट्रान हेटौंडा प्रस्थान

मंगलबार, १८ मंसिर २०७५, १७ : ५३
चितवन भेट्रान हेटौंडा प्रस्थान

चितवन : हेटौंडा भेट्रान कप २०७५ मा भाग लिन चितवन भेट्रान फुटबल क्लब हेटौंडा प्रस्थान गरेको छ । यही मंसिर १९ गतेदेखि २२ गतेसम्म चल्ने प्रतियोगितामा नेपालका १४ टोलीको सहभागिता रहने छ । चितवन भेट्रान उपाधीका लागि दाबेदार मानिएको छ ।
अटो गार्डेन भरतपुरले मंगलबार एक कार्यक्रमका बीच टिमका लागि जर्सी र फुटबल हस्तान्तरण गरेको चितवन भेट्रान फूटबल क्लब अध्यक्ष रविन्द्र श्रेष्ठले जानकारी दिनुभयो । सो अवसरमा अटो गार्डनका प्रोपाईटर बिजय कुमार झाले टिमलाई शुभकामना व्यक्त गर्नुभयो ।
कार्यक्रममा चितवन जिल्ला फूटबल संघका अध्यक्ष कृष्ण कार्की, पूर्व राष्ट्रिय खेलाडीहरु राजेन्द्र श्रेष्ठ, छन्नुराम चौधरी, वीरेन्द्र पाण्डेको उपस्थिति रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस