भरतपुर महानगरको प्रथम नगरसभा आजबाट शुरुहुँदै, प्रचण्डले उद्घाटन गर्ने

शुक्रबार, २१ पुस २०७४, १२ : २८
भरतपुर महानगरको प्रथम नगरसभा  आजबाट शुरुहुँदै,  प्रचण्डले उद्घाटन गर्ने

चितवन । चितवनको भरतपुर महानगरपालिकाको प्रथम नगरसभा (परिषद बैठक) आजदेखि शुरु हुँदै छ । नगरसभाको पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले उद्घाटन गर्ने कार्यक्रम  छ ।

तीन अर्बको बजेट प्रस्ताव गर्ने तयारी गरेको नगरसभाले विशेष गरी पुर्वाधार निर्माण, कृषि तथा पर्यटन क्षेत्रलाई प्राथमिकता दिएको महानगरपालिकाकी प्रमुख रेणु दाहालले जानकारी दिइन् ।

“केन्द्र र प्रदेशसँग सहकार्य गरी महानगरीय रिङ्रोड र लिङ्क रोड यसैवर्षबाट शुरु गरिने जनाईएको छ । नगरसभामा सिटी हल, चित्रवनमा बन्दै गरेको राष्ट्रियस्तरको रंगशालाको निर्माण कार्यलाई अगाडि बढाउने, नारायणी नदीमा तीन ठाउँमा पुल निर्माण गर्ने, नारायणगढको लायन्सचोकमा भूमिगत पार्किङसहितको व्यावसायिक भवन निर्माण गर्नेलगायतका महत्वपूर्ण योजना प्रस्ताव गरिँदैछ ।

 

प्रतिक्रिया दिनुहोस