जानौँ मंगल ग्रहको बारेमा १० खास कुरा

एजेन्सी

सोमबार, १७ मंसिर २०७५, ११ : ०५
जानौँ मंगल ग्रहको बारेमा १० खास कुरा

एजेन्सी । मंगल ग्रहको विस्तृत अध्ययनको लागि नासाका वरिष्ठ वैज्ञानिकहरुले पठाएको करिब एक अर्ब अमेरिकी डलरको ‘मार्स इन्साइट ल्याण्डर’ यान सोमबार मङ्गलग्रहमा  सफलतापूर्वक मंगल ग्रहमा पुगिसकेको छ । अध्ययनको लागि नासाको मानवरहित यो अन्तरिक्ष यान करिब सात महिना पहिले (यहि वर्षको मे)प्रक्षेपण गरिएको थियो ।    

प्रतिघण्टा १९ हजार किलोमिटरको गतिमा रहेको यान ३० करोड मील (४५.८ करोड किलोमिटर) को दुरि पार गरेर मंगल ग्रहको जमिन एलिसियम प्लानिशिया नामक मैदानमा ल्यान्डिङ गरेको छ । उक्त जमिन रातो ग्रहको भूमध्यरेखाको नजिकै छ भने लाभाबाट बनेको तन्ना जस्तै छ । 

इन्साइटको उद्देश्य मंगल ग्रहमा रहेका भित्रि कुराहरुलाई बाहिर ल्याउनुका साथै अन्य जानकारी पनि पत्ता लगाउनु हो । इन्साइटले मंगल ग्रहमा काम शुरु गर्नको लागि तयार भएको र उज्यालोको लागि आफ्नो सोलार प्यानल फैलाएको साथै चार्ज गरिरहेको जानकारी पृथ्वीमा पठाएको छ ।

नासाका लागि इन्साइट प्रोजेक्ट म्यानेजर टोम हाफम्यान भन्छन्, ‘अब इन्साइट आरामसँग काम गर्न सक्छ । र अहिले ब्याट्री चार्ज गरिहेको छ ।’

‘रातो ग्रह’को नामले चिनिएको मंगल ग्रहमा स्थलीय धरातल भएकाले प्राणीका लागि जीवनको सम्भावना भएकाले केहि वर्षदेखि वैज्ञानिकहरु मंगल ग्रहको अध्ययनमा जुटेका हुन् । 
 
जानौँ मंगल ग्रहको बारेमा १० खास कुराः
 

१. सौर्यमण्डलमा मंगल ग्रह सूर्यभन्दा करीब १४.२ करोड मीलको दूरी टाढा रहेको छ । मंगल ग्रह चौथो नम्बरमा पर्छ भने पृथ्वी तेस्रो नम्बरमा । पृथ्वी सूर्यभन्दा ९.३ करोड मीलको दुरिमा रहेको छ । 

२. पृथ्वीको तुलनामा मंगल ग्रह लगभग आधा रहेको छ । पृश्वीको व्यास ७, ९२६ मील रहेको छ भने मंगल ग्रहको व्यास ४, २२० मील रहेको छ । तर तौलको हिसाबमा मंगल ग्रह पृथ्वीको दश भाग बराबर रहेको छ ।

३. मंगल ग्रहलाई सूर्यको परिक्रमा गर्न ६८७ दिन लाग्छ । यसको मतलब मंगल ग्रहलाई सूर्यको परिक्रमा गर्न पृथ्वीलाई भन्दा दुईगुणा बढी समय लाग्छ । र मंगल ग्रहमा ६८७ दिनको एक वर्ष हुन्छ ।

४. मंगल ग्रहमा २४ घण्टा ३७ मिनेटको ‘एक सौर्य दिन’ हुन्छ ।  

५. कमाउने चिसो, आधीँ, तुफान र धुलो र चक्रवात मंगल ग्रहमा पृथ्वीमा भन्दा बढी छ । मंगल ग्रहमा मानिस तथा प्राणीको लागि मंगल ग्रह भौगालिक स्थितिमा निकै सहज हुने बताइन्छ । गर्मीमा सबैभन्दा बढी तापक्रम ३० डिग्री सेल्सियस र जाडोमा शुन्यबाट घटेर माइनस १४० डिग्री सेल्सियससम्म हुन्छ । 

६. पृथ्वीमा जस्तै मंगलग्रहमा पनि मौसम परिवर्तन भइरहन्छ । अटम,समर, वीन्टर र ग्रीष्म गरी चारवटा मौसम आउँछन् । र पृथ्वीको तुलनामा मंगल ग्रहमा हरेक ऋतु दुईगुणा लामो समयसम्म चल्छ । 

७. पृथ्वी र मंगल ग्रहमा गुरुत्वाकर्षण शक्ति फरक हुने भएकाले पृथ्वीमा १०० पाउन्ड तौल भएको बस्तु मंगल ग्रहमा ३८ पाउन्ड हुन्छ ।

८. मंगल ग्रहको नजिकै चन्द्रमा रहेको छः फोबोस जसको व्यास १३.८ मील छ र अर्को डेमियोस जसको व्यास ७.८ मील रहेको छ । 

९. मंगल ग्रहमा पनि चारवटा पत्र (लेयर) रहेका छन् : क्रस्ट, म्यानटल, बाहिरी कोर र भित्रि कोर । क्रस्ट फलाम मिसिएको बसाल्टिक पथ्थरबाट बनेको हुन्छ भने दोस्रो म्यानटल सिकेट पथ्थरबाट बनेको हुन्छ भने तेस्रो अर्थात बाहिरी कोर र आन्तरिक कोर पृथ्वी जस्तै फलाम र निकलबाट बनेको अनुमान गरिन्छ । तर यो कोर ठोस धातु हो वा तरल पदार्थ हो यसको बारेमा कुनै यथार्थ जानकारी आएको छैन । 

 १०. मंगल ग्रहमा ९६ प्रतिशत कार्बनडाइअक्साइड रहेको छ । १.९३ प्रतिशत आर्गन, ०.१४ प्रतिशत अक्सिजन र २ प्रतिशत नाइट्रोजन रहेको छ । साथै पछिल्लो अनुसन्धानमा कार्बन मनोअक्साइड पनि भएको बताइएको छ । 

- बीबीसीको सहयोगमा 

प्रतिक्रिया दिनुहोस