अमेरिकाका पूर्व राष्ट्रपति एचडब्लु बुसको निधन

एजेन्सी

शनिबार, १५ मंसिर २०७५, १९ : ३४
अमेरिकाका पूर्व राष्ट्रपति एचडब्लु बुसको निधन

वासिङटन । अमेरिकाका पूर्व राष्ट्रपति जर्ज एच डब्लु बुसको ९४ बर्षको उमेरमा निधन भएको छ । शितयुद्ध अन्त्य गर्न महत्वपूर्ण भूमिका खेलेका राष्ट्रपतिका रुपमा स्मरण गरिने बुसको शुक्रबार निधन भएको उहाँका आफन्तले जानकारी दिएका छन् ।
अमेरिकाको राजनीतिक परिवारका रुपमा चिनिने बुस परिवारबाट उहाँका छोरा जर्ज डब्लु बुस पनि राष्ट्रपति हुनुभएको थियो । 
पुत्र बुसले आफ्ना बुवालाई संसारकै सवै भन्दा असल पिताका रुपमा आफूले स्मरण गर्ने बताउनु भएको छ । उहाँले आफ्ना बुवालाई उच्च चरित्रवान मानवको रुपमा व्याख्या गर्नु भएको विभिन्न सञ्चार माध्यमहरुले जनाएका छन् । 
आफ्नी श्रीमती बार्बारा बुसको निधन भएको केही महिनापछि उहाँको निधन भएको हो । श्रीमती बुसको गत अप्रिल १७ मा ९२ वर्षको उमेरमा निधन भएको थियो । 
अमेरिकाको ४१ औं राष्ट्रपतिका रुपमा उहाँले सन् १९८९ देखि १९९३ सम्म देशको नेतृत्व गर्नु भएको थियो ।  (रासस/एएफपी)

प्रतिक्रिया दिनुहोस