एकपछि अर्को गरी आएको शक्तिशाली भूकम्पले यसरी फाटिए अमेरिकाका सडक (फोटोफिचर)

एजेन्सी

शनिबार, १५ मंसिर २०७५, १२ : ३१
एकपछि अर्को गरी आएको शक्तिशाली भूकम्पले यसरी फाटिए अमेरिकाका सडक  (फोटोफिचर)

अलास्काको दक्षिणी केनाई प्रायद्वीपमा शुक्रबार बिहान ७.० तीव्रताको शक्तिशाली भूकम्प गएको केही समयपछिको ५.७ म्याग्निच्युडको भूकम्पका कारण हाइवे फाटिएका छन् ।

अमेरिकी भौगर्विक विभाग (यूएसजिएस) का अनुसार भूकम्पको केन्द्रविन्दु अलास्काको सबैभन्दा ठूलो शहर एन्कोरेजभन्दा १६ किलोमिटर उत्तरपूर्वमा ३३ किलोमिटर गहिराइमा रह्यो ।

सुरुमा सुनामीको चेतावनी दिइएपनि पछि त्यो रद्द गरिएको छ । भूकम्पपछि थुप्रै पराकम्प आइरहेको बताइएको छ । पराकम्प केही दिन वा हप्तासम्म आइरहने भूगर्वविदले जानकारी दिएको सिएनएनले बताएको छ ।  

‘भूकम्पको झट्का निकै शक्तिशाली थियो,’ एन्कोरेजका मेयर इथन बेर्कोविट्जले भने । ‘हामीलाई पहिले नै लागेको थियो कि यसअघि अनुभव गरिएका भूकम्पभन्दा यो शक्तिशाली थियो । हामी बारम्बार भूकम्प आइरहने देशमा छौं तर यसपटकको ठूलो थियो ।’

सोसल मिडियामा भूकम्पपछि श्रृजना भएको हताहतीको भडियो सार्वजनिक भएका छन् । ‘भूकम्प निकै डरलाग्दो थियो,’ अलास्का निवासी क्रिस्टिन डोसेटले सिएनएनलाई भनिन् ।

‘भूकम्पका झट्का सामान्य लाग्ने यो क्षेत्रमा मैले ३७ वर्षमा पहिलो पटक यो भूकम्प मलाई भयानक लाग्यो,’ उनले भनिन् । ‘यति धेरै हल्लिएको मैले कहिले पनि महसुस गरेको थिइनँ,’ उनले भनिन् ।

‘यो धेरै बेरसम्म रहिरह्यो । यो क्रमशः बढ्दै गयो र यत्रतत्र छायो– मेरो दराजमा, मेरो बुककेसमा, मेरो किचनको कपबोर्डमा । फुटेका गिलास चारैतिर ।’ एन्कोरेजका अधिकारीका अनुसार अहिलेसम्म कसैको मृत्यु भएको र गम्भीर घाइते भएको खबर सार्वजनिक भएको छैन ।

 

प्रतिक्रिया दिनुहोस