सरकारले देखिने गरी काम गर्छ : प्रवक्ता  श्रेष्ठ

शुक्रबार, १४ मंसिर २०७५, १९ : १२
सरकारले देखिने गरी काम गर्छ : प्रवक्ता  श्रेष्ठ

विराटनगर ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकारले जनताको विश्वास जित्ने गरी काम गर्ने बताउनुभएको छ । 

यहाँस्थित विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले सरकार गठन भएको छोटो अवधि भएकाले अहिल्यै कामको मूल्याङ्कन गर्ने समय नभएको प्रष्ट पार्नुभयो । प्रवक्ता श्रेष्ठले पार्टीभित्र कुनै गुट नरहेको उल्लेख गर्दै कोही कसैले समूह निर्माण गर्न खोजे जरैदेखि उखेल्नु पर्नेमा जोड दिनुभयो । 

“व्यक्तिगत स्वार्थका आधारित पार्टी सञ्चालन हुनुहुँदैन, यसलाई निरुत्साहित बनाउनुपर्छ”, उहाँले भन्नुभयो । उहाँले निर्मला पन्तको बलात्कारपछि हत्या हुनु दःुखद भएको उल्लेख गर्दै सङ्लग्न अपराधीलाई सरकारले पक्राउ गरी कानूनअनुसार कारवाही गर्ने विश्वास दिलाउनुभयो ।  (रासस)

प्रतिक्रिया दिनुहोस