दुई पेस्तोल र गोलीसहित एक पक्राउ

विहीबार, २० पुस २०७४, १४ : ०७
दुई पेस्तोल र गोलीसहित एक पक्राउ

काठमाडौं  । काठमाडौंको कोटेश्वरस्थित एक गेष्ट हाउसबाट दुई वटा पेस्तोल सहित एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । बिहीबार कोटेश्वरस्थित न्यु सुनकोसी गेष्ट हाउसबाट खोटाङ घर भएका सुवास कार्की पक्राउ परेका हुन् ।

महानगरीय प्रहरी परिसरबाट खटिएको टोलीले कार्कीको साथबाट दुई पेस्तोल र पाँच राउण्ड गोली बरामद गरेको थियो। एउटा कटुवा र अर्को रिभल्वरसहित पक्राउ परेको परिसर प्रमुख एसएसपी रविन्द्र धानुकले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस