राजपुतविरुद्ध सन्दीपको २ विकेट

सोमबार, १० मंसिर २०७५, १० : २८
राजपुतविरुद्ध सन्दीपको २ विकेट

युएईमा जारी टी-टेन क्रिकेट अन्तर्गत आफ्नो तेस्रो खेलमा सन्दिप लामिछानेले राजपुतविरुद्ध पनि उत्कृष्ट प्रदर्शन जारी राखेका छन् ।

ओपनिङ स्पेल लिएर आएका सन्दिपले पहिलो ओभरको पाँचौ बलमा विकेट लिन सफल भएका थिए । उनले मोहम्मद सहजादलाई क्याच आउट गराउँदै केरला किंग्सलाई पहिलो सफलता दिलाए ।

यसअघिको खेलमा १६ बलमा ६७ रनको विस्फोटक पारी खेलेका सहजादलाई सन्दिपले १ रनमा आउट गरे ।

पहिलो ओभरमा सन्दिपले एक चौकासहित ६ रन खर्चिएका थिए ।

यस्तै आफ्नो दोस्रो ओभरमा पनि सन्दिपले १ विकेट लिए । लगातार दुई छक्का दिएका सन्दिपले त्यसपछि एक रन दिएर आफ्नो व्कयक्तिगत दोस्रो विकेट लिए ।

सातौ ओभरमा महंगो भएका सन्दिपले १७ रन खर्चिँदै १ विकेट लिए । यो सँगै आज दुई ओभर बलिङमा २३ रन खर्चिएर २ विकेट हात पारे ।

प्रतिक्रिया दिनुहोस