बाम गठबन्धनमा आवद्ध युवा–विद्यार्थीद्धारा आयल निगम घेराउ

विहीबार, २० पुस २०७४, १३ : १८
बाम गठबन्धनमा आवद्ध युवा–विद्यार्थीद्धारा आयल निगम घेराउ

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गर्न माग गर्दै आन्दोलनमा उत्रिएका बाम गठबन्धनमा आवद्ध युवा, विद्यार्थी संगठनहरुले  नेपाल आयल निगमको कार्यालय घेराउ गरेका छन ।
विहिबार विहान ११ बजे पेट्रोलियम पदार्थको मूल्य वृद्धि तत्काल फिर्ता लिन माग गर्दै काठमाडौंको बबरमहलस्थित निगम कार्यालय घेराउ गरेका हुन् ।

त्यस क्रममा उनीहरुले पूर्व सहमति अनुसार विद्यार्थीहरुलाई सहुलियत दरमा खाना पकाउने ग्यास उपलब्ध गराउन जोडदार माग गर्दै निगम व्यवस्थापन समक्ष ज्ञापन पत्र समेत बुझाएका छन् ।

हचुवाको भरमा पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि तत्काल खारेज गर्न निगम व्यवस्थापनको गम्भिर ध्यानाकर्षण गराइएको अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले जानकारी दिए ।

बाम गठबन्धनमा आवद्ध युवा, विद्यार्थी संगठनहरुले पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता नलिएसम्म सरकारविरुद्धको आन्दोलन जारी राख्ने चेतावनी दिँदै आएका छन् ।

 

प्रतिक्रिया दिनुहोस