काङ्ग्रेस कार्यकर्ता र माओवादी कार्यकर्ताबीच विवाद हुँदा माओवादी नेता घाइते

बुधबार, १९ पुस २०७४, १४ : ५६
काङ्ग्रेस कार्यकर्ता र माओवादी कार्यकर्ताबीच विवाद हुँदा माओवादी नेता घाइते

बागलुङ । मंगलबार भोज खान गएका बेला राजनीतिक विवाद हुँदा काँग्रेस कार्यकर्ताले  प्रहार गरेको ढुङ्गाले लागेर माओवादी केन्द्रका एकजना नेता घाइते भएका छन् ।  बागलुङको पश्चिम निसीखोला गाउँपालिका वडा ६ भल्कोटका लालकुमार बुढाले हानेको ढुङ्गाले लाग्दा सोही ठाउँका २६ वर्षीय कुशल बुढामगर गम्भीर घाइते भएका हुन् ।

निसीको भल्कोटकै रिनुबाङ भन्ने ठाउँमा भएको विहेभोजमा गएका उनीहरुबीच भनाभनपछि मंगलबार राति  १० बजे ढुङ्गा प्रहार भएको  निसी प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक राजेन्द्र भुजेलले जानकारी दिए ।

भुजेलले पीडित बुढाले बुधबार बिहान उजुरी दिएपछि पीडकलाई लिन पठाएको बताए । बुढाको उनको निधार र दाहिने हातमा गम्भीर चोट लागेको छ ।  स्थानीय मेडिकलमा उपचार पछि थप उपचारका लागि बुर्तिबाङ ल्याउदै गरेको बताएको छ ।  कुशल नेकपा माओवादी केन्द्रका नेता हुन् ।

प्रतिक्रिया दिनुहोस