मधेसमा दाउरा र न्यानो लुगा उपलब्ध गराउन उपेन्द्र यादवको माग

बुधबार, १९ पुस २०७४, ११ : १५
मधेसमा दाउरा र न्यानो लुगा उपलब्ध गराउन उपेन्द्र यादवको माग

चितवन । संघीय समाजवादी फोरम नेपालले शीतलहरका कारण बढेको जाडोबाट जनतालाई जोगाउन र चिसोकै कारणले कुनै अप्रिय घटना हुन नदिन न्यानो लुगा, आगो ताप्ने दाउरा र प्रभावित क्षेत्रमा औषधी उपचार लगायतको यथाशीर्घ व्यवस्था गर्न स्थानीय प्रहरी–प्रशासनसंग माग गरेको छ ।
सो पार्टीका अध्यक्ष उपेन्द्र यादवले एक विज्ञप्ति जारी गर्दै  प्रभावितलाई  सहयोग गर्न  सामाजिक संस्था, राजनीतिक दल र स्थानीयवासीसँग अपील समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस