पूर्वडीआईजी सिलवाललाई पक्राउ गर्न ललितपुर प्रहरीलाई पत्र

मंगलबार, १८ पुस २०७४, २० : ४८
पूर्वडीआईजी सिलवाललाई  पक्राउ गर्न ललितपुर प्रहरीलाई पत्र

काठमाडौं प्रहरी परिसरले एमालेका सांसद तथा पूर्वडिआइजी नवराज सिलवाललाई तुरुन्त्र पक्राउ गरी उपस्थित गराउन लालितपुर प्रहरीलाई पत्र काटेको छ ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी रवीन्द्र धानुकका अनुसार कार्य सम्पादन मुल्यांकन कीर्ते सम्बन्धमा थप अनुसन्धान गर्नुपर्ने भएकाले सिलवाललाई उपस्थित गराउन ललितपुर प्रहरीलाई पत्राचार गरिएको हो ।

मुद्धा खेपिरहेका सिलवाललाई कार्यसम्पादन मूल्यांकन किर्ते गरेको आरोपमा पत्र काटेको हो ।  पक्राउ पर्ने डरले सिलवालले उपत्यका छाडिसकेको श्रोतले बताएको छ । उनले आफ्नो कार्यसम्पादन मूल्यांकन नम्बर धरै रहेको भन्दै अदालतमा मुद्दा दायर गरेका थिए । अघिल्लो वर्ष डिआइजी जयबहादुर चन्दलाई प्रहरी प्रमुख बनाउने तयारी गरेपछि सिलवालले यस्तो गरेका थिए ।

सर्वोच्चको फैसलाको पूर्णपाठ आए लगतै काठमाडौं प्रहरी परिसरमा कीर्ते मुद्दाको जाहेरी दर्ता भयो । तर, सर्वोच्चमा मुद्दा हारेपछि एमाले प्रवेश गरेका सिलवाल भने ललितपुर ३ बाट प्रतिनिधिसभा सदस्य विजयी भएका छन् ।

 

प्रतिक्रिया दिनुहोस