- गोवर्द्धन पूजा
कहिल्यै र्फकन खोज्दैनन् नदीहरु
आफैले हिडिसकेको किनारालाई र्स्पर्श गर्दै
ढुंगालाई बोकेर
पुन: पहाडको उवड खावडतिर
महंगो सपनाको मूल्य तिर्दै
समुद्र भेटने आकांक्षाले डढेको
नदीमन पनि
मैदानी मित्रतामा रमाउँछ
साँच्चै रमाएको जस्तो अभिनय गर्छ
बिर्सन्छ सारा तिर्नुपर्ने दु:खका किस्ताहरु
र
किनिरहन्छ रहरका आनन्दी मल्हमहरु
ऊ हिड्ने बेलामा खहरेले भनेका
प्रेमका कुराहरु पनि बिर्सन्छ
ऊ हिड्ने बेलामा पहराले गाएका
पीडाका गीतहरु पनि बिर्सन्छ
आफैंलाई बिर्षेझै गरी
नदी कहिल्यै पछाडि फर्केर हेदैन
पछिले बोलाउलान भनेर
ऊ हिडिरहन्छ समुद्र भेट्न
हरेका मोडले बिश्राम लिन भन्छन् उसलाई
हरेक घुम्तीले सुस्ताउन भन्छन् उसलाई
हिडनु जीवनको पर्याय सम्झेर अघि बढिरहन्छ नदी
र
समुद्रसँग हात मिलाएपछि
टक्क रोकिन्छ, मौनता अँगाल्छ
चोला बदलेर समुद्रको
जीवनले महाप्रस्थान गरेजस्तो ।
प्रतिक्रिया दिनुहोस