काठमाडौँ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले कागजविहीन अदालतको यात्रामा आफूहरू अघि बढिसकेको बताएका छन् । मंगलबार राउतले सर्वोच्च अदालतमा आयोजित सर्वोच्च अदालतबाट सातै प्रदेशमा रहेका मुख्य न्यायाधिवक्ताको कार्यालयहरूलाई दिइने पेशीको सूचना पठाउने अनलाइन प्रणाली तथा जिल्ला अदालतहरूको विशेष प्रकृतिको निवेदन दर्ता तथा व्यवस्थापन गर्ने अनलाइन प्रणालीको शुभारम्भ गरेका हुन् ।
उनले कागजविहीन अदालतको यात्रामा अघि बढ्ने कुरामा वकिल, न्यायाधीश, कानुन व्यवसायी तयार हो की होइन ? भन्दै प्रश्न गरे । अब पनि ढिलो भयो भने फेरि जुडिसियल रिफर्म हुन नसक्ने उनको भनाई थियो ।
प्रधानन्यायाधीश राउतले भने, ‘हामी पेपरलेस कोर्टको यात्रामा गएको छौँ । प्रश्न कहाँनेर छ भने त्यसको लागि विद्वान कानुन व्यवसायी, सरकारी वकिल साथीहरू र हामी अदालतका सबै तयार भएका हौँ की होइनौँ ? अब पनि ढिलो भयो भने फेरि जुडिसियल रिफर्म हुँदैन । यो बटमलाइन हो ।
हामीले न्यायिक सुधार गर्नै पर्ने भएको छ । तर न्यायिक सुधार गर्ने आधार र माध्यम धेरै होलान् । तर एउटा माध्यम के पनि हो भने प्रविधिमार्फत हुने सुधार हो । यति कुरा गर्न सक्दा जुडिसियल रिफर्मलाई धेरै मद्दत पुग्छ ।’
न्यायिक सुधार गर्नै पर्ने भएको र न्यायिक सुधार गर्ने आधार र माध्यम धेरै भएको राउतले बताए । प्रविधिमार्फत पनि न्यायमा सुधार गर्न सकिने बताए । उनले प्रविधिले दिगो, पारदर्शी र विश्वसनीय बनाउन मद्दत पुग्नुका साथै अनियमितता, विकृति र विसङ्गति हटाउने जिकिर गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १२ चैत्र २०८१, १४ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानन्यायाधीश राउतद्वारा उपभोक्ता अदालतको उद्घाटन
वर्तमानलाई समृद्ध बनाउन इतिहास बचाउनुपर्छ : प्रधानन्यायाधीश राउत
नवनियुक्त प्रधानन्यायाधीश राउतले लिए शपथ