एमाले अध्यक्ष ओली अस्वस्थ

मंगलबार, १८ पुस २०७४, १४ : १८
एमाले अध्यक्ष ओली अस्वस्थ

चितवन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बिरामी परेका छन् । बिरामी परेपछि ओली सोमबार कुनै सार्वजनिक कार्यक्रममा सहभागी भएनन् । स्रोतका अनुसार सोमबारदेखि ओलीलाई झाडा पखाला लागेको छ ।

उनले घरमै औषधि लिइरहेका छन्। चिकित्सकहरुले उनलाई  केही दिन घरमै आराम गर्न सुझाव दिएका छन् ।

प्रतिक्रिया दिनुहोस