उपचारात्मकभन्दा रोकथाममा अधिक जोड दिनुपर्छ : पूर्वराष्ट्रपति यादव

सफल खबर संवाददाता

शनिबार, ०९ चैत्र २०८१, १५ : ५९
उपचारात्मकभन्दा रोकथाममा अधिक जोड दिनुपर्छ : पूर्वराष्ट्रपति यादव

काठमाडौँ । पूर्वराष्ट्रपति डा. रामवरण यादवले रोग लाग्न नदिन उपचारात्मकभन्दा पनि रोकथाममा बढी जोड दिनुपर्ने बताएका छन् ।

उनले रोगबाट बच्न स्वास्थ्य जीवनशैली र अपनाउन जरुरी रहेको भन्दै त्यसका लागि चेतना फैलाउनुपर्नेमा जोड दिए । स्वास्थ्य दर्पण मिडिया नेटवर्कको नवौँ वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा उनले भने, “रोग रोकथाममा अझै पनि सोचे जति काम गर्न सकेका छैनौँ । स्वास्थ्य रहनसहन अपनाउन जरुरी छ । अस्वस्थ्य जीवनशैलीले नै रोग निम्तिएका छन् । जनतालाई सचेत गराउन सञ्चार क्षेत्रको महत्त्वपूर्ण  भूमिका हुन्छ ।”

वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. ऋषिकुमार काफ्लेले भने, “गलत खाना नै रोगको कारक हो । स्वास्थ्य रहन जीवनशैलीमा परिवर्तन ल्याउनैपर्छ ।”त्यस अवसरमा  ‘स्वास्थ्य दर्पण राष्ट्रिय हेल्थ अवार्ड २०८१’ बाट १४ जना चिकित्सक, पाँच जना स्वास्थ्यकर्मी, एक जना सञ्चारकर्मी र चार वटा संस्थालाई सम्मान गरिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस