चितवन । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार सम्पूर्ण रुपमा फेल भइरहेको दाबी गरेका छन् ।
तराई-मधेश जागरण अभियानअन्तर्गत चितवनमा आयोजित सभालाई सम्बोधन गर्दै उनले सरकार असफल भइरहेको जिकिर गरे । नेता सापकोटाले भने, ‘अहिले केपी ओलीलाई ७८ जना सांसदको अहंकार छ । विचार र विवेश शून्य छ । त्यसकारण इतिहासले फेरि नेपालको जिम्मा पार्टी अध्यक्ष प्रचण्डलाई दिँदैछ । इतिहासले सुम्पिएको त्यो जिम्मेवारी पूरा गर्ने संकल्प गर्नुपर्नेछ ।’
उनले पार्टी अध्यक्ष प्रचण्डको नेतृत्वमा आफूहरु युग परिवर्तनको लागि हिँडिरहेको बताए ।नेता सापकोटाले भने, ‘अहिले भयानक संकट छ, तर संकटभित्र सम्भावना पनि छ। हामीले राजावादीहरुको हौवाले यी सबै कुरा गरिरहेका छैनौं ।
त्यसप्रति सचेत हुँदै समाजवादी क्रान्तिमा अघि बढिरहेका छौं। अहिले राजावादी र ओलीलाई चुनौती दिनेगरी बुद्धिमतापूर्ण ढंगले हाम्रो अध्यक्षले फायर खोलिसक्नु भएको छ । फायर खोल्न नपाउँदै ती प्रतिगमनकारीहरुको हावा खुस्किसकेको छ । ८६ वर्षको उमेरमा केको आन्दोलन ?’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०९ चैत्र २०८१, १५ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
उपसभामुखलाई पदबाट हटाउन सम्भव छैन : पूर्वसभामुख सापकोटा