काठमाडौं । पत्रकार एवं राजनीतिकर्मी माथवरसिंह बस्नेतको निधन भएको छ। ७९ वर्षको उमेरमा बस्नेतको आज बिहान ९ : ३० बजे निधन भएको हो। सिंहलाई हृदयघात भएपछि उपचारका लागि माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा शुक्रबार भर्ना गरिएको थियो।
उनको उपचारकै क्रममा निधन भएको हो ।पुनर्जागरण साप्ताहिक पत्रिका प्रकाशन गर्ने बस्नेत राससका पूर्व अध्यक्ष समेत हुन्।भक्तपुर निवासी बस्नेत नेपाली कांग्रेसमा आवद्ध थिए। भक्तपुर कांग्रेस सभापति दुर्लभ थापाले १ बजेसम्म शवलाई श्रदाञ्जलीको लागि राखिएको र त्यसपछि अन्तिम दाहसंस्कार गरिने जानकारी गराए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०९ चैत्र २०८१, १३ : २२
लेखकबाट थप