काठमाडौं । सिरहाको औरही गाउँपालिका–५ मा विष्णु महायज्ञको नाममा दीपक मरिक (डोम)को उठीबास गराएको घटना छानबिन तथा त्यसमा संलग्नहरूलाई कारबाही गर्न मधेश प्रदेशसभाका सांसदहरूले माग गरेका छन् ।
बिहीबार बसेको प्रदेशसभा बैठकमा विभिन्न दलका सांसदहरूले शून्य समयमा बोल्दै घटनाको निन्दा गरेका छन् भने घर भत्काउन संलग्न औरही गाउँपालिका अध्यक्ष शिवजी यादवसहितलाई कारबाहीको माग गरेका छन् ।
सांसद निलमकुमारी रजकले कुनै पनि नाममा दलितको घर भत्काउने र उठीबास लगाउनेलाई कडा कारबाही हुनुपर्ने माग गरिन् । ‘महायज्ञको नाममा घर भत्काउनु निन्दनीय घटना हो । घर भत्काएर उठिबास गराउनेमाथि कानुन बमोजिम कारबाहीको जोडदार माग गर्दछु’, उनले भनिन् ।
माओवादीकी प्रदेश सांसद माल कर्णले उठीबास गराउनेमाथि दोषीको कारबाही र डोम परिवारको समुति बासको व्यवस्थापनको माग गरिन् ।
जसपा नेपाली सांसद ललिता पासवानले मानवता हराइरहेको काम गर्ने जनप्रतिनिधि यो रोगबाट मुक्त कहिले हुने भन्दै प्रश्न गरिन् । सिरहामा भइरहेको जातीय विभेनदको घटनालाई नियन्त्रण र त्यसमा संलग्नलाई कडा कानुनी कारबाहीको माग उनले राखेकी छिन् ।
एमालेका सांसद लखन दास तत्माले वर्षौदेखि परिवारसहित बसोबास गरिरहेका डोम परिवारलाई गराउनु अमानवीय काम भएको भन्दै छुवाछुतलाई मलजल गर्ने सबै व्यक्तिलाई कारबाहीको माग गरेका छन् ।
अगामी चैत १७ गतदेखि हुने विष्ण महायज्ञको नाममा दीप मरिक डोमको घर भत्काएर अन्यत्र सारिएको छ । त्यहाँबाट दुई फिट माटोसमेत हटाइएको छ । त्यहाँ न बिजुली छ, न त खानेपानी नै ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०७ चैत्र २०८१, १६ : ०३
लेखकबाट थप