काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले समावेशी र समानुपातिक आधारमा बनेकाले अहिलेको संविधान राम्रो रहेको बताएका छन् ।
कांग्रेसको संविधान संशोधन सुझाव प्रतिवेदन बुझेपछि बोल्दै उनले यो संविधानअनुसार कुनै पार्टीको बहुमत आउन गाह्रो रहेको बताए । उनले भने, ‘अहिले कुनै पार्टीको एकल बहुमत आउन गाह्रो छ । त्यसैले कुनै न कुनै पार्टीसँग मिल्नुपर्ने अवस्था छ । त्यसैले हाम्रो पार्टी अहिले सबैभन्दा ठूलो पार्टी बनेको छ, तर बहुमत प्राप्त गर्न सकेको छैन । पार्टीको दोषभन्दा पनि संविधान यस्तो छ कि धेरै गाह्रो छ । त्यो गाह्रोलाई पनि बुझेर हामीले बहुमत ल्याउने प्रयास गर्नुपर्छ ।’
संविधानले महिलाहरुलाई ३३ प्रतिशत आरक्षण दिएको पनि सभापति देउवाले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०६ चैत्र २०८१, १५ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपालको राजनीतिक परिवर्तनमा महिलाहरूको ठुलो योगदान छ: शेरबहादुर देउवा
विदेशी लगानीका लागि नेपालका सबै क्षेत्र खुला छन् : देउवा