विराटनगर । मोरङको धनपालथान गाउँपालिकामा आगलागीका क्रममा बेपत्ता भनिएका बालक सकुशल फेला परेका छन् । एक जना बालिकाको भने जलेको अवस्थामा शव फेला परेको छ ।
धनपालथान– ६ को कदमा गाउँमा मंगलबार दिउँसो सुरु भएको आगलागीमा परी दुई बालबालिकाको मृत्यु भएको स्थानीयलाई उद्धृत गर्दै प्रहरीले बताएको थियो ।तर, आगलागीमा परेको भनिएका बालक सम्पर्कमा आएको मोरङ प्रहरी प्रवक्ता डिएसपी बेदप्रकाश जोशीले बताए ।
अनित मियाकी ४ वर्षीय छोरी रेश्मा खातुनको शव फेला परेको छ ।आगलागीमा परेको भनिएका अर्का ६ वर्षीय बालक अर्शद अली सम्पर्कमा आएका हुन् । उनी अनितका छोरा हुन् ।घटनास्थल पुगेर फर्किएका मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार बालक घर नजिकै बारीमा फेला परेका हुन् । उनको अवस्था सामान्य छ ।
प्रहरीका अनुसार आज दिउँसो सुरु भएको आगलागीमा परी ९ वटा घर जलेका छन् । आगो लगभग नियन्त्रणमा आएको डिएसपी जोशीले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०५ चैत्र २०८१, १५ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मोरङ प्रहरी प्रमुख कार्की हेडक्वार्टर तानिए, आर्थिक अनियमिततामा मुछिएको आरोप
प्रधानमन्त्री प्रचण्ड मोरङमा