हास्य अभिनेत्री बसुन्धरा भुसाल ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ बाट सम्मानित

सफल खबर संवाददाता

सोमबार, ०४ चैत्र २०८१, ११ : १६
हास्य अभिनेत्री बसुन्धरा भुसाल ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ बाट सम्मानित

काठमाडौँ । वरिष्ठ हास्य अभिनेत्री बसुन्धरा भुसाल ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ बाट सम्मानित भएकी छन् । हालै थिमी नगरपालिकामा आयोजित ‘एपिक नेपाल म्युजिक अवार्ड २०८१’ मा उनलाई शो सम्मान दिइएको हो ।

प्रथम महिला श्रीमती राधिका शाक्य, आयोजक एपिक नेपालका अध्यक्ष एमन श्रेष्ठ, सांसद महेश बस्नेत लगायतले उनलाई खादा, माला, नगदसहित सम्मान पत्रले सम्मानित गरे ।

म्युजिक भिडियो निर्देशक समाजकी अध्यक्ष बबिता श्रेष्ठ, अभिनेता शिव श्रेष्ठ, द्धन्द निर्देशक राजेन्द्र खड्गीलगायतका व्यक्तिहरू उपस्थित कार्यक्रम ‘नेपाली कला र स्रष्टाको सम्मान, नेपाली सं

स्कृति संरक्षण र प्रवर्द्धन हाम्रो अभियान’ भन्ने मूल नाराका साथ आयोजना भएको थियो ।

कार्यक्रममा आधुनिक, पप, लोक पप, पर्व विशेष, काँठे र देउडा, चलचित्र गरी ४० विधामा अवार्ड बाँडिएको थियो । ऋषि धमला र ऋषि थपलियालाई समेत सम्मान गरिएको कार्यक्रममा गीतकार भीष्मराज फुलारा, भुवन केसी, पल शाह, अंशु बर्मा, तारालाल धरेल, प्रवीण आचार्य, रमेश सेन्चुरी, सिर्जना अधिकारी लगायत समेत सम्मानित भएका थिए ।

कार्यक्रममा गायक अमृत खाती, गीतकार सुमन वैरागी, सङ्गीतकार रमेश परियार, मोडल विमल अधिकारी, अस्मिता पुरी निर्देशक मिलन श्रेष्ठलगायतले थुप्रै व्यक्तिहरूले अवार्ड पाएका थिए ।

प्रतिक्रिया दिनुहोस