काठमाडौं । राष्ट्रियसभाको बैठक सोमबार दिउँसो सवा १ बजे संसद भवन नयाँ बानेश्वरमा बस्ने तय भएको छ ।
बैठकमा विधायन व्यवस्थापन समितिका सभापति तुलसा कुमारी दाहालले ‘बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८०’ सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन सभा समक्ष पेस गर्ने सम्भावित कार्यसूची छ ।
यस्तै, शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने छिन् ।
यसैगरी, मन्त्री भट्टराईले ‘विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने छिन् । उनले ‘तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ पारित गरियोस्’ भन्ने प्रस्ताव पनि प्रस्तुत गर्ने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०४ चैत्र २०८१, ०८ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रियसभाबाट चार प्रतिस्थापन विधेयक बहुमतले पारित
राष्ट्रियसभा बैठक बस्दै : के-के छन् कार्यसूची ?
राष्ट्रियसभामा मन्त्रीहरूसँग प्रश्नोत्तर हुने
राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
प्रतिनिधिसभाबाट पारित दुई प्रतिस्थापन विधेयक शुक्रबार राष्ट्रियसभामा पेस गरिने