काठमाडौ । कथाकार गुरुप्रसाद मैनालीको कृति ‘परालको आगो’मा आधारित रहेर बन्ने फिल्म ‘परालको आगो’मा प्रकाश सपुत अनुबन्धित भएका छन्।
फिल्म निर्माण कम्पनी हरिओम सिने मेकर्सका तर्फबाट निर्माता सुशील पोखरेलले प्रकाशलाई फिल्ममा अनुबन्ध गरेका हुन्। निर्माता पोखरेलका अनुसार प्रकाश फिल्मका प्रमुख दुई पात्रमध्ये एक हुन्।
यसअघि प्रमुख कलाकारका रुपमा जितु नेपाल र सुहाना थापा देखिने पक्का भइसकेको छ। निर्माता पोखरेलले चामे, गौंथली र जुठे दमाईको वरिपरि घुम्ने कथामा जितु र प्रकाशको क्यारेक्टर चामे र जुठे दमाईमध्ये कुन भन्ने चाहिँ अहिले सस्पेन्समा नै राखेको बताए।
मैनाली कथा पुरस्कार ट्रस्टले हरिओम सिने मेकर्स निर्माता कम्पनीलाई फिल्म निर्माणको मञ्जुरी दिइसकेको छ। ‘परालको आगो’ मैनालीको कथा संग्रह ‘नासो’मा संग्रहित छ।
फिल्ममा सुशील देवकोटाको लेखन, संकल्प भुजेलको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी, सत्य–स्वरुपराज आचार्यको संगीत हुनेछ। फिल्मका निर्माण नियन्त्रण नगेन्द्र घिमिरे हुन्। निर्माता पोखेलका अनुसार फिल्मको प्रदर्शन २०८२ मा हुनेछ।
यो नाममा ४५ वर्षअघि निर्देशक प्रताप सुब्बाले फिल्म निर्माण गरेका थिए। निर्माता पोखरेलले यसपटक लोकेसन, प्रस्तुतीकरण र पटकथालाई फरक किसिमले फिल्ममा प्रस्तुत गर्न लागेको बताए। फिल्ममा निर्देशक लक्ष्मण सुनारको निर्देशन रहने छ। कथा ‘परालको आगो’ मा दुई पात्र चामे र गौँथलीको झैँझगडालाई प्रस्तुत गरिएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २९ फागुन २०८१, ०८ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रकाश सपुतले घोषणा गरे फिल्म 'वसन्त', चैते दसैंमा प्रदर्शन हुने