मकवानपुर । मकवानपुरको हेटौँडा अस्पतालमा मुटु रोग सम्बन्धी उपचार सेवा विस्तर गरिएको छ । मंगलबार एक कार्यक्रमका बिच प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले अस्पतालमा मुटु रोग सम्बन्धी उपचार सेवा (कार्डियो) उद्घाटन गरेका हुन् ।
तत्कालका लागि बहिरङ्ग सेवा मार्फत् मुटु रोग सम्बन्धी उपचार सेवाको थालनी गर्ने गरी उक्त सेवा अस्पतालमा विस्तार गरिएको हेटौँडा अस्पतालका निमित्त मेडिकल सुपेरिटेन्डेन्ट डा. रामचन्द्र सापकोटाले जानकारी दिए । उनका अनुसार अस्पतालमा हाललाई सामान्य उपचार सेवा थालिने उनले बताए ।
टिचिङ अस्पतालमा छात्रवृत्तिमा अध्ययन गरेका मुटु रोग विशेषज्ञ डा. विकेश श्रेष्ठलाई सेवाका लागि हेटौँडा अस्पताल खटाएसंगै हेटौँडा अस्पतालमा सेवाको विस्तार गरिएको मेसु डा. सापकोटा बताए ।
रोटरी क्लब अफ मकवानपुरले उपलब्ध गराएको १ करोड बराबरको उपकरण प्रयोगमा ल्याएर सेवा थालनी गरिएको उनले बताए । अस्पतालमा उपकरण संचालनको लागि विशेषज्ञ डा. नहुँदा उक्त उपकरणहरू विगत डेढ वर्षदेखि थन्किएर रहेको थियो ।
मुटु रोग विशेषज्ञ डा. श्रेष्ठका अनुसार हाल बहिरङ्ग सेवा मार्फत मुटु रोग सम्बन्धी हल्टर, टिएमटी, इको, इसिजी लगायतका परीक्षण अस्पताल मार्फत हुने बताए । मुटु रोग सम्बन्धी थप परीक्षण तथा शल्यक्रियाका लागि अन्य उपकरण र जनशक्ति आवश्यक रहने भएकाले सोको व्यवस्थापन गर्न जरुरी रहेको उनले बताए ।
उनले हेटौँडा अस्पतालमा विभिन्न सेवामा १ हजार ५०० जना बिरामीलाई सेवा प्रदान गरिरहेको बताए । हाल हेटौँडा अस्पतालमा हाल ३ सिफ्टमा डाइलाइसिस सेवा प्रवाह भइरहेको छ । जसअनुसार हाल अस्पतालमा आकस्मिक र अन्य विरामीको लागि छुट्टै २ ल्याव, आकस्मिक, बहिरङ्ग तथा भर्ना र ज्येष्ठ नागरिकको लागि गरी ३ फार्मेसी सञ्चालनमा छन्।
अस्पतालमा आइसियु र वार्डको फार्मेसी व्यवस्थापन गर्ने तयारी भयरहेको उनले बताए । अस्पतालमा बिग्रेका उपकरण मर्मत तथा सुधार गरी सेवा प्रवाहमा जोड्ने गरी काम भइरहेको उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २७ फागुन २०८१, १३ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मुटु रोग उपचार सेवा सबै प्रदेशमा विस्तार गर्ने सरकारको निर्णय