भक्तपुर । नेपाल मजदुर किसान पार्टीको आठौँ महाधिवेशनले आज नयाँ नेतृत्व चयन गर्ने भएको छ । पार्टी केन्द्रीय सदस्य सरोजराज गोसाईंले विभिन्न प्रतिवेदनमाथि छलफल जारी रहेकाले महाधिवेशन एक दिन लम्बिएको र आज नयाँ नेतृत्व चयन हुने बताए ।
उनले भने, ‘महाधिवेशन आगामी कार्यकालका लागि नेतृत्व चयन गर्दै आज सम्पन्न गर्ने भनिए पनि एक दिन लम्बिएको छ । पार्टीको विधान संशोधनबारे बहस,महाधिवेशनको घोषणा पत्र तयारी,राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नीतिलगायत विषयमा छलफल गर्दा समय अपुग हुँदा एक दिन लम्बिएको हो ।’
महाधिवेशनमा ५० जिल्लाका करिब तीन सय प्रतिनिधि सहभागी छन् । अध्यक्ष नारायणमान विजुक्छेँ रोहितको नेतृत्वमा विसं २०३१ माघ १० गते नेपाल मजदुर किसान पार्टीको स्थापना भएको थियो । पार्टीको सातौं महाधिवेशनसम्ममा पार्टी संस्थापक बिजुक्छेँलाई नै सर्वसम्मत अध्यक्ष चुन्दै आएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २० फागुन २०८१, ०७ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सिंहदरवारमा कर्मचारी थुपारेर देशको विकास हुदैँन् : प्रेम सुवाल