अण्डाको मूल्य बढ्यो

सफल खबर संवाददाता

मंगलबार, १३ फागुन २०८१, १२ : २२
अण्डाको मूल्य बढ्यो

चितवन । हिजोदेखि नै लागु हुने गरी अण्डाको मूल्य बढेको छ ।

नेपाल लेयर्स कुखुरापालक सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार किसानसहितको बैठकले अण्डाको मूल्य बढाउने निर्णय गरेको हो । मूल्य बढेसँगै अब मध्यम अण्डा प्रतिक्रेट (३० वटा) को रु तीन सय ९०, ठूलो अण्डा रु चार सय १० र एक्स–एल अण्डा प्रतिक्रेटको मूल्य रु चार सय २५ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस