काठमाडौ । चालु आर्थिक वर्ष २०८१/८२ को सात महिना (साउन–माघ) मा निर्यातमा उल्लेख्य वृद्धि भएको छ ।
भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार गत आजको सोही अवधिको तुलनामा निर्यात ४६.५० प्रतिशतले बढेर एक खर्ब २७ अर्ब २० करोड ४८ लाख २९ हजार रुपियाँ पुगेको छ । गत वर्ष सो अवधिमा ८६ अर्ब ८३ करोड नौ लाख रुपियाँको भएको थियो ।
खाने तेलको निर्यात बढ्दा समग्र समग्र निर्यातमा वृद्धि भएको तथ्याङ्कले देखाउँछ । सात महिनामा ३७ अर्ब रुपियाँ बराबरको भटमास र सनफ्लावर तेलको निर्यात भएको छ । यो कुल निर्यातको ३२ प्रतिशत हो ।
भारतले प्रशोधित तेलको आयातमा ३२.५० प्रतिशत भन्सार शुल्क लगाएका कारण नेपालबाट ठुलो परिणाममा तेल निर्यात भइरहेको छ । अन्य देशबाट आयात गर्दा शुल्क लाग्ने र नेपालबाट भन्सार छुटमा निर्यात हुँदा निर्यातमा वृद्धि भएको खबर गोरखापत्रमा छापिएको छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, ०९ फागुन २०८१, ०७ : ४०
लेखकबाट थप