एजेन्सी । पाकिस्तानमा आजदेखि नवौं संस्करणको आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेट सुरू हुँदै छ । आठ वर्षपछि हुन लागेको आईसीसीको यस ‘मिनी विश्वकप’मा आठ टोलीहरू सहभागी रहनेछन् ।
दुई समूहमा विभाजित आठ टोलीहरूमा आयोजक पाकिस्तानसहित भारत, अस्ट्रेलिया, न्युजिल्याण्ड, दक्षिण अफ्रिका, इंग्ल्याण्ड, बंगलादेश र अफगानिस्तान छन् । पाकिस्तान साविक विजेता समेत हो ।
समूह ए मा भारत, पाकिस्तान, न्युजिल्याण्ड र बंगलादेश रहेका छन् भने समूह बी मा अस्ट्रेलिया, दक्षिण अफ्रिका, इंग्ल्याण्ड र अफगानिस्तान रहेका छन् । हरेक समूहबाट सिंगल राउण्ड रोबिनका खेलपछि शीर्ष दुई टोलीहरू सेमिफाइनलमा प्रवेश गर्ने छन् ।
प्रतियोगिताको उद्घाटन खेलमा साविक विजेता तथा आयोजक पाकिस्तान र न्युजिल्याण्ड खेल्दै छन् । खेल दिउँसो पौने ३ बजेदेखि नेशनल स्टेडियम कराँचीमा सुरू हुनेछ ।
पछिल्लोपटक सन् २०१७ मा भएको च्याम्पियन्स ट्रफी क्रिकेट फाइनलमा भारतलाई हराउँदै पाकिस्तान च्याम्पियन बनेको थियो । त्यसअघि सन् २०१३ मा भने भारतले जितेको थियो भने त्यसअघि सन् २००९ र २००६ मा अस्ट्रेलियाले जितेको थियो ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, ०७ फागुन २०८१, ०९ : ४९
लेखकबाट थप