काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले सरकार सूचना प्रविधिको क्षेत्रलाई लगानीको प्रमुख गन्तव्यका रूपमा विकास गर्न प्रतिबद्ध रहेको बताएका छन् ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले)को विज्ञान तथा प्रविधि विभागले शुक्रबार आयोजना गरेको ‘नेपालका लागि सूचना प्रविधिमा आधारित उद्यमशीलताः आर्थिक समृद्धिको नयाँ बाटो’ विषयक अन्तरक्रिया उनले सरकार सूचना प्रविधिको माध्यमबाट मुलुकमा सुशासन कायम गर्ने विषयमा क्रियाशील रहेको बताए ।
सन् २०२६ सम्ममा नेपाल विकासशील राष्ट्रको सूचीमा स्तरोन्नति हुने उल्लेख गर्दै उनले त्यसका लागि पनि सूचना प्रविधिमा लगानी बढाउन आवश्यक भएको बताए । उनले कम्पनी स्थापना पनि अटोमेसन (स्वचालित)को मध्यामबाट सञ्चालन गर्ने गरी प्रक्रिया अगाडि बढाएको जानकारी दिए ।
‘आज घरमै बसेर कम्पनी दर्ता गर्ने काम अगाडि बढाएका छौं । कार्यालय दर्ता हुने बित्तिकै उद्योग पनि स्वतः दर्ता गर्न सकिने व्यवस्था गरेका छौं’,उनले भने । उद्योगमन्त्री भण्डारीले सरकारले सेवा प्रवाहको क्षेत्रमा सुशासनको अनूभूति दिइरहेको दाबी गरे ।
उनले धुवाँ, प्रदूषण उत्सर्जन गर्ने उद्योगलाई सूचना प्रविधिको प्रयोगमा लैजानुपर्नेमा जोड दिए । उनले पूँजी र प्रविधिलाई विशेष महत्त्वका साथ उठाइएको भन्दै प्रविधिलाई आत्मसाथ गर्न नसकेको खण्डमा आजको विकास सम्भव नहुने बताए ।
मन्त्री भण्डारीले अबको उद्योग र उद्यमशीलतालाई सूचना प्रविधिको माध्यमबाट अगाडि बढाउनका लागि नीति ल्याउने समेत तयारी भइरहेको उल्लेख गरे । उनले मन्त्रालय अन्तर्गतका कानूनलाई सुधार गरेर लगानी, प्रविधि र उद्योग स्थापना गर्न जोड दिइएको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०२ फागुन २०८१, १५ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रोजगारी सृजनामा सरकारकाे ध्यान केन्द्रित छ : मन्त्री भण्डारी
उद्योगमन्त्रीद्वारा बाढीले बगाएको ग्यास बुलेटको निरीक्षण
मन्त्री भण्डारीद्वारा निजी क्षेत्रसँग लगानी सम्मेलन केन्द्रित छलफल