काठमाडौं। ठमेलस्थित एलओडी क्लबले छैठौँ वार्षिकोत्सव मनाएको छ । क्लब स्थापना भएको ६ वर्ष पुगेको अवसरमा ६ दिनसम्म विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारको उपस्थितिमा वार्षिकोत्सव मनाइरहेको छ ।शनिवार साँझ क्लबमा पहिलो दिन पूर्ण राई एण्ड दाजुभाइ, श्रीगो एण्ड द गेन र लिसियस डिजेले प्रस्तुति दिएका थिए।
एलओडी क्लबको आफ्नो पहिचान भएकाले क्लबले ६ दिनसम्म वार्षिकोत्सव मनाएको क्लबका निर्देशक भूपेन कुँवरले बताए । उनका अनुसार ६ वर्ष ६ दिन भनेर वार्षिकोत्सव मनाइएको हो ।
क्लबले दर्शकलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारको जमघट गराएर फरक अनुभूति दिन लागिएको उनको भनाइ छ ।'रात्रिकालीन जीवनका पारखीहरू तथा विदेशी पर्यटकहरूलाई यस क्लबले झनै आकर्षित गराएको छ,' उनले भने, 'हामीले क्लब स्थापना गरेसँगै राष्ट्रको नाम राखेका छौं ।
विभिन्न मुलुकका कलाकार यहाँ प्रस्तुति दिन आउँछन् । अहिले विभिन्न मुलुकले क्लबकै कारण नाम थाहा पाएका छन् ।'२८ फागुन १, २ ८ र ९ गते गरी ६ दिन मनाउने भएको हो । २८ गते कुमासागर एण्ड द ख्वापले पस्तुती गर्ने छन् ।
साथै फागुनको एक,दुई,आठ र नौँ गते क्रमशः समिर श्रेष्ठ (एफटी गुड ब्वाईज), दोङ, टप हन्डेट डिजे क्यूब्रीक्स र कर्मा ब्यान्डसँगै कुटुम्बले पनि प्रस्तुति दिने भएका छन् ।एलओडी क्लब ’लर्ड अफ द ड्रिंक्स’ विश्वकै उत्कृष्ट क्लबमध्ये ५० औं स्थानमा परेको क्लब हो । केही समयअघि क्लब पुनः ’डिजे म्याग टप १००’ को नोमिनेसनमा परेको छ ।
डिजे म्यागले हरेक वर्ष विभिन्न मुलुकमा रहेका उत्कृष्ट क्लबहरूको छनोट गर्छ । म्यागमा विश्वभरका सय उत्कृष्ट डीजे क्लबको सहभागी रहने गर्छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २७ माघ २०८१, १० : ४५
लेखकबाट थप