भरतपुर महानगरको बजेट तीन अर्ब, चक्रपथ र आकासे पुल प्राथमिकतामा

सोमबार, १७ पुस २०७४, १७ : ५२
भरतपुर महानगरको बजेट तीन अर्ब, चक्रपथ र आकासे पुल प्राथमिकतामा

चितवन । चितवनको भरतपुर महानगरपालिकाको नगरपरिषद् पौष २१ गतेदेखि सुरू हुँदैछ । परिषद्ले करिब ३ अर्बको बजेट प्रस्तुत गर्ने तयारी गरेको छ ।

२९ वडा रहेको महानगरमा प्रत्येक वडाहरुलाई एक करोडको सिलिङमा रहने गरी तत्काल गर्न सकिने कामहरुका बारेमा सरोकारवाला निकायसँग छलफल चलिरहेको महानगरकी मेयर रेनु दाहालले जानकारी दिइन् । महानगरले भौतिक पूर्वाधारलाई प्राथमिकतामा राखेको छ । तत्काल सुरू गर्ने गरी चक्रपथको योजनालाई पहिलो प्राथमिकता दियएको छ । चक्रपथ निर्माणका लागि सर्भेसमेत भइसकेको महानगरले जनाएको छ ।

नारायणगढ र भरतपुरको बजार निकै व्यस्त हुँदै जान थालेकोले फ्लाई ओभर पुल (आकासे पुल) निर्माण पनि तत्काल सुरू गर्ने गरी बजेट तर्जुमा गरिएको मेयर दाहालले बताइन् ।

मेयर दाहालले भनिन्, “महानगरले धुलोरहित भरतपुरको नारालाई अगाडि सारेको छ । नगरभित्रका सबै सडकहरु कालोपत्रे गर्ने र धुलोरहित बनाउने अभियान पनि नगरपरिषद्लगत्तै सुरू हुन्छ ।”

यस्तै पुरानो दियालो बंगला क्षेत्रलाई पार्क र सिटी हलका रुपमा विकास गरिनुका साथै रंगशाला, पार्कलगायतका क्षेत्रलाई पनि विशेष प्रार्थिमकतामा राखिएको बताइएको छ ।

हरियाली भरतपुर, निकुञ्जको सिमाना रहेका बस्तीहरुमा फाउन्डेसनसहितको मेसजाली लगाउने भौतिक योजनामा राखिएको छ । मेयर दाहाल भन्छिन्, “आगामी ५ वर्र्षिभत्र भरतपुर देशकै नमूना नगरका रुपमा उभिने छ । यसमा शंका गर्नुपर्ने कुनै ठाउँ बाँकी छैन ।”

प्रतिक्रिया दिनुहोस