काठमाडौं । नेपाल राष्ट्र बैङ्कले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य आज पुनः बढेको छ। यस्तै, युरोपियन युरो, युके पाउन्ड स्ट्रलिङ, स्वस फ्र्याङ्कको पनि मूल्य बढेको छ।
केन्द्रीय बैङ्कका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३७ रुपियाँ ८६ पैसा र बिक्रीदर एकसय ३८ रुपियाँ ४६ पैसा तोकिएको छ।
एक युरोको खरिददर एक सय ४४ रुपियाँ ९३ पैसा र बिक्रीदर एक सय ४५ रुपियाँ ५६ पैसा, स्टर्लिङ पाउण्ड एकको खरिददर एक सय ७२ रुपियाँ ४३ पैसा र बिक्रीदर एक सय ७३ रुपियाँ १८ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर एक सय ५३ रुपियाँ ६७ पैसा र बिक्रीदर एक सय ५४ रुपियाँ ३४ पैसा कायम गरिएको छ।
अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपियाँ ८२ पैसा र बिक्रीदर ८७ रुपियाँ २० पैसा, क्यानेडियन डलर एकको खरिददर ९३ रुपियाँ तीन पैसा र बिक्रीदर ९६ रुपियाँ ४५ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय दुई रुपियाँ ६४ पैसा र बिक्रीदर एक सय तीन रुपियाँ नौ पैसा निर्धारण गरिएको छ।
जापानी येन १० को खरिददर आठ रुपियाँ ९६ पैसा र बिक्री दर नौ रुपियाँ, चिनियाँ युआन एकको खरिददर १९ रुपियाँ एक पैसा र बिक्रीदर १९ रुपियाँ नौ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपियाँ ७५ पैसा र बिक्रीदर ३६ रुपियाँ ९१ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपियाँ ८१ पैसा र बिक्रीदर ३७ रुपियाँ ९८ पैसा कायम भएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १५ माघ २०८१, ०७ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर