सौर्य विद्युत् उत्पादक संघमा गौतम निर्वाचित

सोमबार, १७ पुस २०७४, १६ : २८
सौर्य विद्युत् उत्पादक संघमा गौतम निर्वाचित

चितवन । नेपाल सौर्य विद्युत् उत्पादक संघको १७ औँ साधारणसभाले किरण गौतमको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।  पोखरामा सम्पन्न साधारणसभाले संघको वरिष्ठ उपाध्यक्षमा इन्द्र खनाल, प्रथम उपाध्यक्षमा प्रकाशविक्रम बस्नेत, द्धितीय उपाध्यक्षमा कृष्णप्रसाद पराजुली, महासचिवमा सुनिल ढकाल, सचिवमा किरण प्रधान, कोषाध्यक्षमा विनोद सापकोटा निर्वाचित भएका छन् ।

संघको कार्यकारी सदस्यमा केशव दाहाल, दीपक जोशी, विश्वविक्रम जोशी, ओम केसी, रुद्र पुन नवीन शाही, भरत मल्ल श्रीराम अधिकारी, पदम भट्टराई, दीपक गौतम र जीतेन्द्र भट्टराई रहेका छन् ।

संघमार्फत देशभर ६ लाख १७ हजार ४६ वटा घरेलु सौर्य प्रणाली, एक लाख दुई हजार १९ वटा साना सौर्य प्रणाली, १४ हजार ६ सय ७६ संस्थागत सौर्य प्रणाली र एक हजार ६ सय ९६ का सौर्य पम्प जडान भएको सो अवसरमा जानकारी दिइयो । (रासस)

प्रतिक्रिया दिनुहोस