जुम्ला। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, कार्यान्वयन एकाइ जुम्लाले यहाँका किसानलाई कृषि औजार वितरण गरेको छ । पचास प्रतिशत अनुदानमा रु १२ लाख ६२ हजार बराबरका कृषि औजार वितरण गरिएको हो ।
परियोजनाअन्तर्गत गत वर्ष पनि ६२ मिनिटिलर (हाते ट्याक्टर) किसानलाई ५० प्रतिशत अनुदानमा वितरण गरिएको परियोजना प्रमुख खेमराज शाहीले जानकारी दिए ।
कृषिमा यान्त्रिकीकरण गर्दै उत्पादन वृद्धि गर्न मिनिटिलर वितरण गरिएको हो । छिटोछरितो र लागत घटाउने उद्देश्यले मिनिटिलर अनुदानमा वितरण गरिएको प्रमुख शाहीको भनाइ छ ।
जिल्लाका आठवटै स्थानीय तहका कृषि उद्यमी, कृषि समूह र सहकारीलाई ५० प्रतिशत लागत साझेदारीमा मिनिटिलर (हाते ट्याक्टर) वितरण गरिएको हो ।प्रतिमिनिटिलर (हाते ट्याक्टर) ५० प्रतिशत लागत साझेदारीमा वितरण गरिएको हो ।
किसानले अनुदानमा मिनिटिलर लिने र प्रयोग नगर्ने समस्या रहेकाले अनुगमन गरिने परियोजना कार्यान्वयन एकाइ जुम्लाका सूचना अधिकारी पदम कार्कीले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ११ माघ २०८१, १३ : १०
लेखकबाट थप