वामपन्थी युवा विद्यार्थीद्धारा नेतालाई संविधान पढाउने प्रयास नगर्न निर्वाचन आयोगलाई चेतावनी

सोमबार, १७ पुस २०७४, १५ : ४३
वामपन्थी युवा विद्यार्थीद्धारा नेतालाई संविधान पढाउने प्रयास नगर्न  निर्वाचन आयोगलाई  चेतावनी

चितवन । वामपन्थी गठबन्धनका युवा र विद्यार्थी संगठनले प्रमुख निर्वाचन आयुक्तलाई भेटेर राजनीतिक दलका नेतालाई संविधान पढाउने प्रयास नगर्न चेतावनी दिएका छन् । उनीहरुले समानुपातिकको नतिजा सार्वजनिक गर्न ढिलाई गरिए कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी दिएका छन् ।

एमालेसम्बद्ध युवा संघ नेपाल, अनेरास्ववियु र माओवादीसम्बद्ध वाईसीएल नेपाल र अखिल क्रान्तिकारीको तर्फबाट ज्ञापनपत्र बुझाउँदै आयोगले प्रतिनिधिसभालाई पूर्णता दिन नचाहेको भन्दै असन्तुष्टि जनाएका हुन् ।

युवा विद्यार्थीले  आयोगलाई बुझाएको ज्ञापनपत्रमा  वाम गठबन्धनको पक्षमा आएको मतपरिणामबाट आत्तिएर भारतीय योजना र कांगेसको निर्देशनमा गठबन्धन फुटाउने, नयाँ सरकार गठन गर्न नदिने र  मुलुकलाई अस्थिरतातर्फ धकेल्ने खेल भइरहेको दाबी गर्दै  आयोगले ले नै यस्तो अवस्थामा प्रतिनिधिसभाको मतपरिणाम  सार्वजनिक  गर्न ढिलाई गर्नुले आशंका उत्पन्न भएको उल्लेख छ ।

ज्ञापनपत्र बुझ्दै यादवले सिङ्गो संसदमा ३३ प्रतिशत  महिला सुनिश्चित हुनुपर्ने व्यवस्था रहेको भन्दै प्रत्येक राजनीतिक दलको पनि ३३ प्रतिशत  ग्यारेन्टी हुनुपर्ने बताए । कुनै दलका महिलाले राष्ट्रिय सभामा हारे भने त्यो दलले प्रतिनिधिसभावाट त्यसको क्षतिपूर्ति भएकाले  पहिला राष्ट्रिय सभाको निर्वाचन जरुरी  रहेको यादवको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस