नेपालको औपचारिक पोशाक घोषणा गर्न अध्यक्ष लोहनीको माग

सोमबार, १७ पुस २०७४, १४ : ४४
नेपालको औपचारिक पोशाक घोषणा गर्न अध्यक्ष लोहनीको माग

चितवन । एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले नेपालको औपचारिक पोशाक घोषणा गर्न सरकारसँग माग गरेका छन ।
सोमबार काठमाडौंमा पाँचौं राष्ट्रिय पोशाक दिवसको अवसर पारेर आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष डा. लोहनीले विभिन्न भाषा र समुदायका मानिसहरुले लगाउँदै आएको पहिरनलाई राष्ट्रिय पोशाकको मान्यता दिन पनि सरकारसँग माग गरेका छन ।

दौरा, सुरुवाल, कोट र टोपीलाई मात्रै राष्ट्रिय पोशाकको मान्यता दिँदा सबै समुदायमाथि न्याय नहुने उनको भनाई थियो । अध्यक्ष लोहनीले राष्ट्रिय पोशाकबारे सरकारले निर्णय लिँदा खुला दिलका साथ छलफल चलाउनुपर्ने आवश्यकता भएको बताए ।

प्रतिक्रिया दिनुहोस