नयाँ शक्ति पार्टी नेपालको महत्वपूर्ण वैठक बस्ने

सोमबार, १७ पुस २०७४, १३ : १९
नयाँ शक्ति पार्टी नेपालको महत्वपूर्ण वैठक बस्ने

चितवन । नयाँ शक्ति पार्टी नेपालको भोलिबाट कास्कीमा महत्वपूर्ण वैठक बस्ने भएको छ । प्रतिनिधि सभा र प्रदेशसभा चुनावमा अपेक्षाकृत जित पाउन नसकेपछि नयाँ शक्ति पार्टी नेपाल त्यसको समीक्षासहित भावी योजना निर्माणमा लागेको हो ।

२९ मंसीरमा काठमाडौँ उपत्यकामा उपलब्ध केन्द्रीय कार्यकारी समिति, विज्ञ परिषद र सल्लाहकार परिषदका सदस्यहरुको परामर्श वैठकले पुस १८ देखि २० गतेसम्म कास्कीमा महाधिवेशन आयोजक समिति (केन्द्रीय कार्यकारी समिति, विज्ञ परिषद र संरक्षक परिषद)को पूर्ण वैठक बस्ने निर्णय गरेको थियो ।

वैठक पार्टी गठनदेखि यताको समीक्षा, चुनावी समीक्षा र अवको योजना निर्माणमा केन्द्रित हुने सो पार्टीका नेताहरुले बताएका छन् । वैठकमा सहभागी हुन पार्टी संयोजक डा.बाबुराम भट्टराईसहितका नेताहरु आज नै पोखरा पुग्दैछन् ।

प्रतिनिधि सभामा प्रत्यक्षतर्फ डा.भट्टराईले जित निकालेपनि थ्रेस होल्ड अर्थात मत सीमा नकटाएपछि नयाँ शक्ति पार्टीले राष्ट्रिय दलको मान्यता पाउन सकेन । वैठकको पूर्वसन्ध्यामा संयोजक भट्टराईले फेसवुकमा लेखेका छन्, ‘नयाँ बर्षको शुरूवात संगै नयाँ शक्ति नेपालको नयाँ दिशा र कार्यभार तय गर्न भोलिदेखि पर्यटकीय नगरी पोखरामा पार्टीको प्रथम महाधिवेसन आयोजक समितिको पूर्ण बैठक शुरू हुँदैछ ।

बैठकलाई परम्परागत ढाँचा भन्दा फरक ढंगले सन्चालन गर्दै तीन दिनसम्म  (पौष १८-२०) आफ्नै निर्मम शल्यक्रिया गरिनेछ र देशमा सच्चा वैकल्पिक राजनीतिक शक्तिको निर्माणको अभियानलाई नयाँ र अरू तीब्र ढंगले अघि बढाइनेछ ।’

प्रतिक्रिया दिनुहोस