काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटीको तेस्रो दिनको बैठक सुरु भएको छ ।ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकमा आज पनि अध्यक्ष केपी शर्मा ओलीको प्रतिवेदनमाथि केन्द्रित रहेर केन्द्रीय सदस्यहरूले धारणा राख्ने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
आइतबार सुरु भएको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक र महासचिव शंकर पोखरेलले सांगठनिक प्रतिवेदन पेस गरेका थिए ।
प्रत्येक केन्द्रीय सदस्यलाई आफ्ना कुरा राख्न तीन मिनेटको समय छुट्याइएको छ । तीन मिनेटमा आफ्ना कुरा नसकिए अटमेटिक माइक काटिने व्यवस्था गरेको एमालेले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २३ पुस २०८१, १२ : १८
लेखकबाट थप