काठमाडौं। एन्फा यू–१६ युथ लिग फूटबल प्रतियोगितामा फ्रेन्ड्स क्लबले सातदोबाटो युथ क्लबलाई पराजित गर्दै विजयी भएको छ । सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मैदानमा आज भएको खेलमा फ्रेन्ड्सले युथ क्लबलाई २–० गोलअन्तरले पराजित गर्दै विजयी भएको हो ।
फ्रेन्ड्सको जितमा रिहान बुढा र दिवान थापाले समान १/१ गोल गरे । दुवै गोल खेलको पहिलो हाफमा भएको थियो ।खेल शुरूआती मिनेटमा नै फ्रन्ड्सका रिहानले गोल गर्दै टोलीलाई पहिलो अग्रता दिलाएका हुन् ।
खेलको २२औं मिनेटमा दिवानले गोल गर्दै फ्रेन्ड्सको अग्रता दोब्बर बनाएका हुन् । त्यसपछि खेलमा थप गोल हुनसकेन र अन्ततः फ्रेन्ड्सले सातदोबाटोमाथि २–० गोलअन्तरले जित निकालेको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २१ पुस २०८१, १४ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जारी अन्तर्राष्ट्रिय प्रतियोगितामा मेसी र रोनाल्डो गोलविहीन