बेतिथि

गुणस्तरीय शिक्षाको नाममा नेपालमा गुणस्तरहीन डिग्री बेच्दै आईएसएमटी कलेज

सफल खबर संवाददाता

बुधबार, ०३ पुस २०८१, २१ : २२
गुणस्तरीय शिक्षाको नाममा नेपालमा गुणस्तरहीन डिग्री बेच्दै आईएसएमटी कलेज

काठमाडौँ । राजधानीको तिनकुनेमा रहेको एउटा भव्य संरचनामा सञ्चालित छ–‘आईएसएमटी’ कलेज । सोही नाममा काठमाडौँ, चितवन, पोखरा, बुटवल र विराटनगरमा पनि क्याम्पसहरू छन् । तर विदेशी विश्वविद्यालयबाट सम्बन्धन प्राप्त र विश्वस्तरीय पठनपाठन हुने दाबी गरिएको उक्त कलेजको बदमासीहरू छताछुल्ल हुन थालेका छन् । 

उक्त कलेजले  आम विद्यार्थी र तिनका अभिभावकलाई  विद्यार्थीको भविष्य उज्ज्वल हुने  यहाँ पढ्दा अन्तर्राष्ट्रिय बजारमा समेत बिकिने भन्दै प्रचार गर्दै आएको छ । विद्यार्थीलाई अन्तर्राष्ट्रिय बजारमा प्रवेश गराउने सिप, दक्षता विकास गर्ने  भनी आकर्षक अफर र विज्ञापन गर्ने उक्त कलेजले नेपालमा अध्ययन गर्ने आम विद्यार्थीलाई गुणस्तरहीन डिग्री बेच्ने गरेको सतहमा आएको हो । 

आईएसएमटीले बेलायतको सन्डरल्यान्ड विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरेको बताउँदै आएको छ । तर, गुणस्तरमा ध्यान दिने भन्दा पनि कलेजले आकर्षक विज्ञापन र विद्यार्थी तथा अभिभावकलाई प्रभावित पारेर व्यापारको धन्दा गरिरहेको अभिभावकहरू नै बताउँछन् । ‘विश्वस्तरीय प्रचारको विश्वासमा परेर छोरालाई यो कलेजमा भर्ना गरियो । तर, पैसा मात्रै खर्च भयो केही होला जस्तो छाँट देखिएन’, नाम उल्लेख गर्न नचाहने चितवनका एक अभिभावकले भने, ‘यसले राज्यलाई समेत नटेरेको सुन्छु । छानबिन गर्न जरुरी छ ।’

संविधानतः समाजवाद उन्मुख भनी व्याख्या गरिएको भएता पनि शिक्षा र स्वास्थ्य क्षेत्रमा राज्यले नियमन गर्न नसक्दा विकृतिको केन्द्र बनेको छ।  गुणस्तरीय शिक्षा भनी प्रचार गरिएजस्तो आईएसएमटीमा नभएको कलेजकै एक कर्मचारीले बताए । 

उनका अनुसार अति सामान्य प्रयोगशालामा बिध्यार्थीलाई सिकाउने गरिएको छ भने विश्‍व विद्यालयको मापदण्ड अनुसारको शिक्षक, प्रयोगशाला हुँदा अनौपचारिक शिक्षा जस्तो देखिने गरी कलेजका गतिविधि भएका छन् । 

जसका कारण कलेजले विद्यार्थीको भविष्य अन्यौलता तर्फ धकेलेको नाम नखुलाउन नचाहेका एक विद्यार्थीले सफलखबरलाई बताए । २ वर्ष डिप्लोमा तहको एड–एक्सल बोर्डबाट पढाउने र थप एक वर्ष  युनिभर्सिटीमा क्रेडिट ट्रान्सफर गर्ने गरेको उनको भनाइ छ ।  बेलायतको प्रख्यात गुणस्तरीय विश्‍वविध्यालय भनेर नेपाल ल्याइएता पनि विश्‍वको १००० भित्र समेत सो कलेज छैन। १२०१ देखि १५०० सम्म  देखिएको छ  भने  बेलायतमा एक विश्‍वबिध्यालयबाट अर्कोमा अध्ययन गर्न जाँदा माइग्रेसन नचाहिने तर दक्षिण एसियाली मुलुक लगायत नेपालमा माइग्रेसन अनिवार्य चाहिने हुँदा नेपालमा अध्ययन गरेका विद्यार्थी थप उच्च शिक्षा लिन बिदेसिन बाध्य बनाउने गरेको तथ्य समेत भेटिएको छ।  

त्यसतर्फ नेपाल सरकारको नियामक निकायलाई समेत प्रभाव, प्रलोभनमा पारि बिदेसी शिक्षाको नाममा गुणस्तरहीन डिग्री बेच्ने, पुँजी पलाएन समेत गर्न भूमिका खेलेको देखिएको छ । 
 पछिल्लो समय नेपालमा बिदेसी  बिश्‍व विद्यालय  सँग सम्बन्धन लिएर नेपालमा कलेज खुल्ने क्रमले व्यापकता पाएको साँचो हो । तर, यससँगै बेथिति बढिरहेपनि सरकारले प्रभावकारी काम गर्न सकेको छैन । यस विषयमा कलेजका अध्यक्ष योगेश उप्रेतीसँग कुरा गर्न सम्पर्क गर्दा उनी सम्पर्कमा आउन चाहेनन् । 

उसो त सरकारले गरेको अध्ययनकै क्रममा नेपालमा विदेशी विश्वविद्यालयबाट सम्बन्धन प्राप्त ५९ वटा कलेज तथा शिक्षण संस्था रहको तीमध्ये कतिपय मापदण्ड विपरीत सञ्चालनमा रहेको उल्लेख छ । 

लामो समयदेखि नियम कानुनको बर्खिलाप सञ्चालनमा रहेका कलेजलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नियमनको प्रक्रिया अगाडि बढाएको बताएपनि प्रभावकारी हुन सकेको छैन । 
यस विषयमा शिक्षा मन्त्री भट्टराईले यसअघि दुई उपसमिति बनाएर अध्ययन भएको र उपसमितिले दिएको प्रतिवेदनको सुझावका आधारमै अघि बढ्ने बताएकी थिइन् । दुवै प्रतिवेदनले गरेका सिफारिसका आधारभन्दा बाहिर गएर कुनै पनि निर्णय नहुने उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस