काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव उदयराज सापकोटाले १३ हजार कानुन व्यवसायीहरू करको दायरामा आएको बताएका छन् । सोमबार बसेको विधायन व्यवस्थापन समितिको बैठकमा नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ माथि सैद्धान्तिक छलफलमा बोल्दै उनले यस्तो बताएका हुन्।
सचिव सापकोटाले २१ हजार कानुन व्यवसायीहरूमध्ये १३ हजार कानुन व्यवसायी करको दायरामा आइसकेको उल्लेख गरे । उनले कानुन व्यवसायीहरूको रिन्यु पनि कर नतिरेसम्म नगर्ने भनेपनि कानुन व्यवसायीहरू करको दायरामा आएको उल्लेख गरे ।
उनले भने, ‘२१ हजारमध्ये १३ हजार कानुन व्यवसायी करको दायरामा आइसक्नुभएको छ । रिन्यु पनि ट्याक्स नतिरेसम्म नगर्ने भनेपछि ट्याक्स तिर्ने परिपाटी बढ्दै गएको छ।’सचिव सापकोटाले नवप्रवेशी कानुन व्यवसायीहरूलाई कानुन व्यवसायी परिषद्ले तालिम दिइरहेको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०१ पुस २०८१, १५ : ३६
लेखकबाट थप