एजेन्सी । म्यानचेस्टर सिटीका पूर्वखेलाडी मिखाइल कवेलशविली जर्जियाको राष्ट्रपति बनेका छन्। यससँगै सत्तारुढ दल जर्जियन ड्रीम पार्टीले आफ्नो पकड अझै बलियो बनाएको छ। तर, विपक्षी दलले यसलाई देशको युरोपेली संघ (ईयू)प्रति बढ्दो आकांक्षाका लागि झड्का र रूसको जीतका रूपमा व्याख्या गरेको छ।
पूर्वफुटबलर कवेलशविलीले राजनीति प्रवेश गरेर कट्टर दक्षिणपन्थी नेताको छवि बनाएका छन्। उनको नियुक्ति विवादित समयमा भएको हो। अक्टोबरमा सम्पन्न निर्वाचनलाई लिएर जर्जियामा मतदाताहरूले घुसखोरीदेखि दोहोरो मतदानसम्मका आरोप लगाएका थिए। सत्तारुढ पार्टीका तर्फबाट उनी राष्ट्रपतिको एकमात्र उम्मेदवार थिए र शनिबार उनलाई सर्वसम्मत रूपमा चयन गरिएको हो।
तर, विपक्षी दलहरूले निर्वाचनमा धाँधली भएको आरोप लगाउँदै संसद् बहिष्कार गर्ने निर्णय गरेका छन्। उनीहरूले अक्टोबरको विवादास्पद निर्वाचनलाई बहिष्कारको मुख्य कारण बताएका छन्।
जर्जियाले सात वर्षअघि संविधानमा संशोधन गर्दै निर्वाचन प्रणाली परिवर्तन गरेको थियो। अक्टोबरमा सम्पन्न निर्वाचनमा रूस समर्थित जर्जियन ड्रीम पार्टीले ५३.९ प्रतिशत मत प्राप्त गर्दै संसद्को १५० मध्ये ८९ सीटमा विजय हासिल गरेको थियो। तर, विपक्षी दलहरूले निर्वाचनमा धाँधली भएको भन्दै राजधानी तब्लीसीमा प्रदर्शन गरेका थिए। अमेरिकी सर्वेक्षण निकायहरूले पनि निर्वाचन परिणाममा अनियमितताको संकेत गरेका थिए।
निर्वाचनको परिणाम सार्वजनिक भएको २६ अक्टोबरपछि जर्जियामा दैनिक रूपमा प्रदर्शन भइरहेका छन्। युरोपेली संघसँगको वार्तालाई सरकारले सन् २०२८ सम्मका लागि स्थगित गर्ने निर्णय गरेपछि प्रदर्शन झन् उग्र बनिरहेका छन् । प्रदर्शन नियन्त्रणका लागि प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रयोग गरेको छ ४०० भन्दा बढी प्रदर्शनकारी पक्राउ परेका छन्।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, ३० मंसिर २०८१, १० : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रपति भेट्न शितल निवास पुगे प्रचण्ड
संघीय लोकतान्त्रिक गणतन्त्रमा शासनमा बसेर खराब गर्नेलाई दण्डित गर्ने अधिकार छ : राष्ट्रपति पौडेल
होली पर्वले सामाजिक सद्भावलाई थप सुदृढ बनाउँछ : राष्ट्रपति पौडेल
राष्ट्रपति र प्रधानमन्त्रीबिच भेटवार्ता
युवा जनशक्तिको पलायन मुलुकका लागि ठुलो चिन्ताको विषय : राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेल पोखरामा