काठमाडौँ । गृहमन्त्री रमेश लेखकले संविधानको रक्षा गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सुदृढीकरण सरकारको मुख्य कार्यभार भएको बताएका छन् । बिहीबार काठमाडौँमा आयोजित शान्ति, सुरक्षा तथा विपद् व्यवस्थापनसम्बन्धी अन्तर प्रदेशस्तरीय कार्यशाला गोष्ठीमा बोल्दै उनले यस्तो बताएका हुन् ।
मन्त्री लेखकले संविधानलाई असफल बनाउने छुट कसैलाई नभएको बताए । उनले नेपालमा ६८ वर्षको अवधिमा सात वटा संविधान बनेको स्मरण गराउँदै संविधान धेरै बन्नु राजनीतिक अस्थिरताको उदाहरण भएको बताए । उनले संविधानलाई असफल बनाउन संविधान विरोधी गतिविधिहरू गर्ने र वर्तमान व्यवस्थालाई असफल साबित गर्ने प्रयत्न हुने गरेको उल्लेख गर्दै त्यसका विरुद्ध कडा रूपले उभिन जरुरी रहेको बताए ।
मन्त्री लेखकले भौतिक विकास निर्माण र आर्थिक वृद्धि गर्न नसक्दा जनतामा केही असन्तुष्टि रहेपनि संविधानकै कारण मुलुकमा समृद्ध बन्न नसकेको भाष्य निर्माण गर्ने दुष्प्रयास भइरहेको बताए । संविधान विरोधी गतिविधिहरू कुनैपनि हिसाबले क्षम्य नहुने लेखकको भनाइ छ ।
उनले भने, ‘हामीले संविधान बनाएका छौँ । तुलनात्मक रूपमा हेर्दा यो संविधान अन्य देशका संविधानको तुलनामा असल छ । संसारभरका संविधानहरूलाई अध्ययन गरेर बनाएको हुनाले हाम्रो संविधान कान्छो र सफल हो । संविधानमा हामीले गणतन्त्र र संघीयताको विषयमा महत्त्वपूर्ण निर्णय गरेका छौँ । हाम्रा नयाँ अभ्यासहरू प्रयोग भएका छन् । त्यसरी नै हाम्रा लोकतान्त्रिक मूल्य मान्यताहरूलाई यो संविधानमा समावेश गरेका छौँ । यो संविधानको रक्षा, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सुदृढीकरण आजको मुख्य कार्यभार हो ।’
मन्त्री लेखकले मुलुकमा साइबर अपराधका घटनाहरू बढिरहेको बताए । उनले व्यक्तिगत चरित्रहत्या र समाजको शान्ति व्यवस्था खलबल्याउने आपराधिक क्रियाकलापहरू बढेको उल्लेख गर्दै यसका विरुद्ध सरकार निर्मम ढंगले प्रस्तुत हुने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २७ मंसिर २०८१, १६ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सप्तकोशीको कटान रोक्न अस्थायी र दीर्घकालीन योजना तयार गछौँ : गृहमन्त्री लेखक
नेपाली भूमि भारतीयले भोगचलन गरिरहेकोबारे कूटनीतिक पहल भइरहेको छ : गृहमन्त्री लेखक
विपद् जोखिम न्यूनीकरण सम्बन्धी संरचना बलियो बनाउनुपर्छ: गृहमन्त्री लेखक
संविधान संशोधन सबै दलको सहमतिमा हुन्छ : गृहमन्त्री लेखक
बीआरआइ सम्झौता कांग्रेससँगैकाे सहमति भएकाे हाे : गृहमन्त्री लेखक
सशस्त्र प्रहरीलाई सीमाको डेडिकेटेड फोर्स बनाइन्छ: गृहमन्त्री लेखक