बीआरआई सम्झौता कार्यान्वयन गर्न सरकारलाई सुझाव

सफल खबर संवाददाता

बुधबार, २६ मंसिर २०८१, १५ : २४
बीआरआई सम्झौता कार्यान्वयन गर्न सरकारलाई सुझाव

काठमाडौँ । आर्थिक एवम् विदेश मामिला विज्ञहरूले चीनसँग भएको बीआरआई सम्झौता कार्यान्वयन गर्न सरकारलाई सुझाव दिएका छन् । काठमाडौँमा बुधबार भएको अन्तरक्रियामा बोल्दै काँग्रेस नेता डा. गोविन्दराज पोखरेल, विदेश मामिला विज्ञ अरुण सुवेदी, राप्रपा नेता शोभित उप्रेती र परराष्ट्रविद् हिरण्डयलाल श्रेष्ठले सम्झौता कार्यान्वयनमार्फत नेपालको विकासमा टेवा पुर्याउन आग्रह गरेका हुन ।

कुनै पनि देशसँगको सम्बन्ध र सम्झौता अन्य देशविरुद्धको परियोजनाकोरुपमा बुझ्न नहुने भन्दै उनीहरूले सुरुङ मार्ग, सडक तथा जलविद्युतका क्षेत्रमा सम्झौता उपयोगी हुने विश्वास व्यक्त गरे ।

सरकारले हिजो मात्रै परराष्ट्र मन्त्रालयमार्फत सम्झौताको पूर्ण विवरण सार्वजनिक गरेको थियो । बीआरआई ऋण कि अनुदान भन्ने बहस भइरहेका बेला सम्झौताको पूर्ण पाठपछि थप व्याख्या हुन थालेका छन ।

 

प्रतिक्रिया दिनुहोस