काठमाडौँ । अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लुसँग नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले भेट गरेका छन् । प्रधानमन्त्रीका मुख्य सल्लाहकार समेत रहेका रिमालले सोमबार विदेश मन्त्री लुसँग भेट गरेका हुन् । भेटका क्रममा नेपाल-अमेरिका सम्बन्धलाई थप सुदृढ बनाउने सम्भावनाबारे चर्चा भएको रिमालले बताएका छन् ।
‘आपसी चासोका मुख्य विषयवस्तुहरूमा छलफल गर्दै नेपाल-अमेरिका सम्बन्धलाई थप सुदृढ बनाउने सम्भावनाहरू बारे चर्चा भयो। नेपालसँगको निरन्तर साझेदारी र सहयोगप्रति आभार व्यक्त गरियो,’ उनले भने ।
आइतबार नेपाल आएका लुले लगत्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गरेका थिए । लुले आजै अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग पनि भेट गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २४ मंसिर २०८१, १७ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
डोनाल्ड लुसँग ‘प्रचण्ड’ले भने-‘सत्ता–प्रतिपक्ष नभनी शान्ति प्रक्रिया टुंग्याउँदैछौं