काठमाडाैं। एपेक्स कलेजका २५८ विद्यार्थी दीक्षित भएका छन् । 'क्लास अफ २०२४'अन्तर्गत विशेष समारोहमार्फत उनीहरूलाई दीक्षित गरिएको हो । यस वर्ष कलेजबाट १५० स्नातक (ब्याचलर्स डिग्री) र १०८ स्नातकोत्तर (मास्टर्स डिग्री) प्राप्त गर्ने विद्यार्थीहरू दीक्षित भएका हुन् ।
दीक्षित हुनु प्रत्येक विद्यार्थीको जीवनको एक महत्त्वपूर्ण माइलस्टोन हो । यो समारोहले विद्यार्थीहरूको शैक्षिक उपलब्धि माइलस्टोन र नयाँ अध्यायको शुरूवातको सन्देश दिने विद्यालयले जनाएको छ ।
वार्षिक दीक्षान्त समारोहले उत्कृष्ट विद्यार्थीहरूलाई प्रतिष्ठित इनोभेट नेपाल ग्रुप पोस्टग्राजुएट छात्रवृत्ति प्रदान गरेर सम्मान गर्दै आएको छ ।
यस वर्षको छात्रवृत्ति एपेक्स कलेज बीबीए – बैंकिङ र इन्स्योरेन्सका विद्यार्थी यादवप्रसाद पाण्डेलाई प्रदान गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २४ मंसिर २०८१, १२ : ०१
लेखकबाट थप